17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गौरी

कथा शिव प्रकाश July 27, 2008, 2:33 pm

प्रगाढ मित्रताको आयतनमा फैलदो प्रेमको तलाउभित्र उद्वेलित तृष्णाका तरङ्गहरु यदाकता छछल्किन खोज्थे । सागर आफैं तिर्खाए जस्तो तिर्खाएका उनीहरुमा एकअर्काभित्र डुवुल्की मार्ने चाहना उर्ले पनि सीमिति थिए एक आपसमा । र सीमित रहे वर्षौसम्म । मित्रता र भेटघाट भने निरन्तर थियो । 
आशुतोस एकाएक विदेशिने भयो । यो कुरा गौरीसँग पनि उसले लुकाइरहेको थियो । तर कुनै साथीबाट गौरीलाई थाह भयो आशुतोस भोली नै उड्दै छ भनेर ! भोलीको उडान् आफ्ना सामान र सुटकेस मिलाउँदैमा रातको एघार बजिसकेको थियो फोनको घण्टी बज्यो । आशुतोसले हेलो भन्न नपाउँदै "म तिमीलाई अहिले नै भेट्न चाहन्छु" गौरीको आवाज सुनेर आश्चार्य र मौनता दुबै छायो आशुतोसमा । "तर… तर ...तर… गौरी अहिले त धेरै अवेला भइसक्यो ।" "भयो होला तिम्रो लागि तर मेरोलागि भएको छैन" प्रतिउत्तरमा गौरीले भनी ।
 गौरीको अस्वाभाविक र अप्रत्यशित चाहना ! उ नचाहेर पनि गौरीबाट टाढिनु त छदै छ त्यसमथि हृदयको खोपीमा बसेकी गौरीबाट विछोडिने घाउ उ भित्रभित्रै पिलिइरहेको थियो । त्यो पीडा उसले गौरीसामू व्यक्त गर्न सकेको थिएन ।
 तर...गौरी किन यति अबेला,  आखिर त्यस्तो के ? आशुतोस बोलिनसक्दै गौरीले भनि "त्यो पनि मैले भन्नु पर्छ तिमी पुरुष ……।
" रात निक्कै छिप्पिसकेको हुनाले गौरीलाई मनाउने प्रयत्न गर्यो भोली भेट्ने बाचा गर्दै । गौरीले आशुतोसप्रति आवेश पोख्दै भनि "तिमी पुरुषहरु मर्जीका मालिक हुन्छौ, हामी नारीको इच्छाको कदर कहिल्यै गर्दैनौ ।"  पीडापूर्ण हाँसो हाँस्दै उसले उत्तर दियो "तिमी नारीहरु पनि त यसरी बेला न कुबेला ठाउँ न कुठाउँ अमिल्दा अप्ठ्यारा कुराहरुको अत्तो थाप्छौ र दोष चाहीँ पुरुषहरुलाई दिन्छौ ।
"ल उसोभए विहान आठबजे होटल गि्रनल्याण्डको ११ एघार नं कोठामा भेट ।" गौरीले फोन विसाई ।
"म पुरुषको भोको होइन । कर्णध्वजको अलावा लाखौं पुरुष छन् मेरा वरिपरि ! तर आशु नै किन उभिन्छ मेरा सामू…?  म मात्र प्रेमको भोको हुँ । मेरो त्यो भोकको उपज पनि आशु नै हो र भोजन पनि आशु नै हो । अनि मेरो प्रेमको पर्याया पनि आशु नै हो, अरुकोही हुन सक्दैन । मभित्र एउटा साम्रज्य बनाएको छ उसले । त्यो साम्रज्यमा आफैभित्र अधिनस्त शासित छु म । बाचाउँ भने कसरी बचाउँ अनि भत्काउँ भने कसरी भत्काउँ त्यो साम्राज्य…!" यस्तै तर्क र तिस्रनाहरु तेस्याउदै गौरीले त्यो रातसँग रातभर वहसगरेर रात विताई ।
आज गौरी आफूभित्रको गह्रौंपनलाई हलुङ्गो पार्न चाहन्छे । आशुतोससामू आफूलाई रित्याउन चाहन्छे ।  आशुतोस होटलको कोठामा छिर्ने वित्तिकै उसले ढोकाको चुक्कुल लगाई, पर्दा मिलाई । आशुतोस किंकर्तव्यविमुढ हेरिरन्छ एकहोरो गौरीलाई । निशब्द उभिएको छ एउटा सग्लो पुरुष  ! एउटा सग्लो पुरुषभित्रको एउटा पूर्णपुरुष अपेक्षाकृत उभिएको छ मानौ कुनै मूर्ति जस्तो !  आशुतोस निमग्न छ गौरी निशब्द छे । हेरिरहेछन् एक अर्कालाई । एउटा पुरुषभित्रको पूर्णपुरुषको परिकल्पनामा निथ्रुक्क भिजेकी छ गौरी !
एकाएक सम्पूर्ण सीमा र बन्धनहरुलाई नाघ्दै गौरी आशुतोसमाथि यसरी विसर्जित हुन्छे मानौ आत्महत्या गर्ने मान्छे जसरी आँखा चिम्लेर हामफाल्छ ।  स्तब्धता छाउँछ कोठामा । जिउँदा मान्छेहरुको समाधीस्थल जस्तो बन्छ कोठा केहीबेर …… ! केही क्षणको निशब्दता र उकुसमुकुपछि "गौरी मलाई ढिलो भयो म.. म जान्छु"  गौरी चुपचाप स्वीकृतिको शीर हल्लाउँदै आशुतोसलाई आफूबाट मुक्त गर्छे र हेरिमात्र रहन्छे । निशब्द गौरी झ्यालका पर्दा उघार्दै आशुतोसलाई हेरिरहन्छे… हेरिरहन्छे । आशुतोस पछाडि नफर्की एकहोरो अगाडि बढिरहन्छ … बढिरहन्छ…… बढिरहन्छ ।  लामो समय पछि विदेशवाट फर्किएको आशुतोसले आउने वित्तिकै गौरीलाई फोन गर्यो जसरी गौरीले जानेबेलामा उसलाई गरेकी थिई । र जानेबेलामा आफू गौरीबाट जुन ठाउँमा छुट्टिएको त्यही ठाउँमा गौरीसँग पहिलो भेट गर्न चाहना राख्दै भन्यो "गौरी सक्छौ र याद छ भने उही ग्रीनल्याण्ड होटलको ११ नं कोठामा आउ आज बेलुका आठ बजे । म त्यही हुन्छु ।" यो बीचमा खोलामा धेरै पानी बगिसेको छ समयले धेरै वसन्तहरु गुजारिसकेको छ अनि जीवनले धेरै आरोहअवरोध ब्यतित गरिसेकेको भएता पनि आशुतोससँग भेट्ने असिमित लालसाहरु जीवितै थिए गौरीमा पनि । तर पनि आशुतोसप्रति आश्वस्त हुन नसकेर गौरीले होटलमा हैन अन्तै जाने मुड बानाएर भनि  "आशु आज कुनै रेष्टुरेन्ट भेटौं बसौ, केही खाउँ र गफ गरौं ।" लामो समय पछिको भेटमा आफ्ना निस्पृह चाहनाहरुलाई एकाएक उजागर गर्नु भन्दा तिनीहरुलाई स्वतन्त्र मुर्झाउन दिनु नै वेश हुनेछ भन्ने लाग्यो गौरीलाई । धेरै समयपछिको भेट ! रेष्टुरेन्टमा  केहीबेर दुबै चुपचाप एकअर्कालाई हेरिमात्र रहे । गौरी आफैभित्र छछल्किएका भावनामा बगिरहेकी थिई । आशुतोस एकहोरो गौरौलाई हेरिरहेको थियो । उभित्रकी गौरी अहिले उभित्र छ कि छैन उ आफैंभित्र खोजिरहेको थियो आफैंभित्र छामिरेहेको थियो ।
 मौनतालाई च्यात्दै "आशुतोस याद छ तिमीले त्यो दिन त्यो कोठामा के गर्यौ द्र त्यसैले तिमीप्रति विश्वस्त हुन नसकेर आज मैले त्यो होटलमा नभएर यहाँ भेटेकी हुँ।" गौरी भन्दै थिइ ।  "गौरी सबै याद छ । दिनभरी हरियो धाँसमा चरेर अघाएको पशु साँझमा उग्राउँदै निदाए जस्तो मैले पनि तिमीसँगका मधुर स्मरणहरु उग्राउँदै यतिका वर्ष विताएँ ।  न मैले तिमीलाई विर्सेको छु न तिमीसँगका खुशीका क्षणहरु नै विर्सेको छु ।  अनि गौरी, मैले गर्नु पर्ने जे थियो सायद त्यही गर होला, अन्यथा माफ पाउँ ।" अस्वाभविकतामाथि स्वभाविकताको लेपन लाउँदै सरल र सहज जवाफ दियो आशुतोसले ।
आफूभित्र अझै कताकता बलिरहेको भुङ्ग्राको राप जस्तो आवगे ओकल्दै "तिमी त्यसलाई पनि रमाइलो क्षण मान्छौ आशु, त्यो त…! मैले... मैले.... ! त्यो क्षण दुखद नभएता पनि सखद अनुभव गरिन मैले ! गौरी अलि अस्वाभाविक प्रस्तुत भई । केहीबेर दुवै चुपचाप रहे पनि आँखाँआँखा बोलिरहेका थिए । 
"गौरी तिमी अझै केही भन्न खोजिरहेछौ भन ।
" हो, आशुतोस ! म त्यतिबेला मनमनै भनिरहेको थिएँ "आशु आज मेरा चाहानाहरु तिम्रा इच्छाहरुसँग युद्ध गर्न पिङ्तवद्ध मोर्चा कसेर बसेकाछन् मभित्र । आउ एउटा युद्ध लड जुन युद्धमा म हारेर तिमीलाई जिताउन चाहन्छु । प्रणययुद्ध ! आशुतोस, प्रणययुद्धमा पुरुषको कर्तब्य आक्रमण हो भने नारीको दायित्व समर्णण हो । तर आजसम्म न तिमीले मेरा चाहनामाथि आक्रमण गरेर ममाथि अन्तिम विजय प्राप्त गर्ने साहस नै गर्यौ अनि नारी सुलभ स्वभावभित्र पराधिन मेरा चाहनहरुले मेरो उत्कठ उदाङ्गो रुप तिम्रासामु उभ्याउन नै सकेँ । आशु कताकता एउटा अप्रतक्ष चाहनाभित्र बनेको अपेक्षाको चौतारीमा प्रतीक्षारत छु म ! मभित्र कोपिला झैं पत्रैपत्र गाँजिएका मेरा चाहनाहरु तिम्रासामू आज सबै फकि्रएका छन् । चुढाल तिनलाई, निमोठ तिनलाई र वासनाको वरसातमा भिजाउँ मलाई । निथुक्क बनाउँ । म भिज्न चाहन्छु मलाई ओत चाहिएको छैन । सामाजिक परिवेशको चुहिएको छानो मुनी आफूलाई ओभानो देखाउनु छैन । आशुतोस म निथ्रुक्क भिज्न चाहन्छु । म डुब्न चाहन्छु । डुबुल्की मार्न चाहन्छु । दिशा विहिन नौका जस्तो बहन चाहन्छु । म हराउन चाहन्छु, केही क्षणका लागि भए पनि म आफूलाई विस्रन चाहन्छु । आशुतोस तिमीले कहिल्यै ममाथि धावा बोलेनौ । एउटा प्रेमपूर्ण प्रणययुद्धका लागि ललकार‌... !  तर आज म तिमीमाथि आक्रमण गरिरहेछु तिमी मलाई समपर्ण गर र केही क्षणको लागि भए पनि पूर्णरुपमा गर । तर पनि म तिमीसँग हार्न चाहन्छु तिमी मलाई जित ।"  "हो आशुतोस तिमीले त्यो दिन मेरा इच्छाहरुको अनादर गर् यौ र मप्रति अन्याय गर् यौ ।" गौरीका गोरा कोमल र सलक्क परेका लोभलाग्दा हात सुम्सुम्याउदै आशुतोसले भन्यो "गौरी अनादर भयो होला तिम्रा ति भ्रूण इच्छाहरुको जसलाई मैले उन्नत बनाउन सकिन र अन्याय भयो होला गौरी तिमीप्रति पनि ! तर तिमीमाथिको कसैको एकाधिकारको मैले आदर र सम्मान गरेजस्तो लाग्छ । तिमीप्रति अन्याय गरेपनि एउटा लोग्ने मान्छेप्रति न्याय गरे जस्तो लाग्छ ।" प्रलयपछिको शान्त सागर जस्तै गौरी निशब्द सुनिरहेकी छे र मनमनै भनिरहेकी छे  "आशु म अब तिम्रो शरीर हैन हृदयसँग प्रेम गर्छु । मेरो शरीरको हाडमासुलाई तिम्रो शरीरको हाडमासुको भोकको साथी हैन तिम्रो हृदयको भावनाको साथी बनाउँछु । मैले जे सोचेँ जे गर्न खोजेँ मलाई माफ गर" मनमनै बोलिरहेकी गौरीले एकाएक मुख खोली "आशुतोस म अरु कसैको जीवन साथी भए पनि अब म तिम्रो जीवनभरको साथी हुनेछु ।"
आशुतोसले प्रेमपूर्ण सुम्सुम्याइरहेका हातहरु बिस्तारै तान्दै विनय र स्नेहले भरिएको मलिन स्वरमा  "ल त आशु आज म जान्छु"  गौरीले भनि नसक्दै पछाडिबाट कसैले भन्यो " गौरी जाने बेला भएको हो !"
 कर्णध्वजको आवाज सुनेर गौरी छाँगाबाट खसेजस्तो भई । गौरीको अनुहारमा एकाएक ग्लानी र हतास दुबै छायो । हुरीवतासको भुमरीभित्र हराएकी विचलित चरी जस्तै गौरीतिर हेर्दे "संसारमा सबै मान्छेले जानेर गल्ती गर्दैनन्, गौरी । कोही नजानेर गल्ती गर्छन् खोज्छन कोही जानेर गल्ती गर्न चाहदैनन् । धन्यवाद आशुतोस !" कर्णध्वजले भन्यो ।
उ अहिलेसम्म गौरीको श्रीमान् कर्णध्वजसगँ अपरिचित थियो । गौरी र कर्णध्वज आफ्नो बाटो लाग्छन् । शहरको बत्तिको मधुरो उज्यालोमा गौरीका आकृति देखुजेल आशुतोस हेरिरहन्छ । 
समाप्त

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।