19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रामशरण गैरे November 29, 2018, 6:41 pm

निर्धा गरीबहरूलाई त जेल रहेछ जिन्दगी ।

पल पल बग्ने आँसुको भेल रहेछ जिन्दगी ।

सोझा,निमुखालाई मात्र लाग्ने रैछ कानुन,

हुने खाने लाई त एउटा खेल रहेछ जिन्दगी।।

वसमा छैन हासो खुशी अाफ्नै जिन्दगीमा

कैावालाइ पाकेको बेल रहेछ जिन्दगी ।

दौडिँदै छु रातदिन के भेटन हो थाहा छैन

पछुताउनै पर्ने छुटेको रेल रहेछ जिन्दगी ।

माथी पुग्छन मौकामा चौका हान्न सक्नेहरू,

बुझ्न नसकिने दैवको खेल रहेछ जिन्दगी ।

भरतपुर-१९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।