19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शिशीर

कविता मोहन सिटौला November 29, 2018, 6:47 pm
मोहन सिटौला
मोहन सिटौला

आयो शिशीर सिरिरिर्र सुरुर्र गर्दै

कुन्ठा चिसा जगतका सब व्याप्त पार्दै

सारा शिताग्नि जलदै डह‘दै नमीठो

घाउ लगाई शितको अति नै ननीको ।

अहो ! शिशीर कति कठीन कठीन जम्नु !

काँढा कड़ा जगतका पुटपाक खप्नु

हाँसेर तिक्त कटु कैंची कटारी रोप्दै

छेड्दै सँधै सुनहला दिलमा उधिन्दै ।

चिर्दै समस्त दिलवाल सुधा पियारा

प्यारा फँसाई सजिलै मनमोज वाला

चौदन्डीमा गुड़ुगुटु गरदै निशुम्भी

शुम्भै सरी जगतमा शिशिरै उदन्डी !

सेतो शिशीर परदा गिरदा, पियारो

आलोक–लोक हँसिलो ! हँसिमै हरायो !

जालो बढ़ेर सब व्याप्त छ काल कालो,

पालो चल्यो, अब विनाश विनाश थाल्यो !

यो पाठ नै असुरको कटु पाठ जस्तो !

हुस्सू भनिन्छ तर छट्टु छ छाँट यस्को !

सर्वत्र यो शिशिरको सिरिरिर्र स्याँठ !

गिरी, गुफा, शहर, वस्ति र फाटँफाँट –

फैलेर कम्पन दिंदै तनमा, मनैमा

झाँक्री र तांन्त्रिक सरी निशिमा पुजामा

ब्रह्माण्ड नै भएछ कम्पन पो भने झैं

नाङ्गा, निमूखा जगका अब काँप्न थाले !

सामाजको हाल विहाल भो कि !

यो नग्न सत्य अब ब्यू‘झियो कि !

कतै पदासीन छ उष्ण चाला !

कतै उदासीन चिसातm चोला !

बिकार छाया र तुषार ठण्डी—

बढेÞर अन्योल आतंककारी ,

भारी भयो लौ ! अव दुःख आयो !

द्यूँसै निशा ! न्याय कता हरायो !

सुचेतना–दीप कता हरायो !

बालौ कि धूसै झरिलो दियालो !

यो याम कस्तो ? परिणाम कस्तो ?

कुण्ठा र काँढा कटूता ननीको

निशासुर मार्न सुर–सूर्य हारे

मनुष्यको दीप उघारुँ क्यारे !

भए उदासी दिन दीन, हीन ?

भए सबै क्षीण समाज छैन ?

आपत्तिको काल कराल चम्क्यो !

पला–कला–काल अकालमा गो !

सुदूरमा तपसिनी सुर राग सुन्दी

गुन्दी मिठा मधुरिमा जपना सुगन्धी

बन्दी न बन्दी कल–कल्पनसाथ उड्दी

खोज्दी रहस्य रमिता अनि सत्य रोज्दी !

खन्दी यथार्थ र रहस्य सबै निखन्दी

गन्दी निरन्तर त्रिकाल सबै निफन्दी

चुन्दी मिठा रहरिला मधु–बिन्दु चुम्दी

घुम्दी सुसिर्जन कलासित सत्य बुन्दी–

–“सन्मान, पे्रम जगको नित सार” भन्दी

एकान्तमा विरहिणी उर–राग सुन्दी

गुन्दी मिठा सुनहला नव प्रात बुन्दी

—“नाचूँ रमाऊँ तर साथ छ आज को र ?

बाँचू न बाँचू दिलमा रचि रंग राग !–”

पौंठा बलिष्ठ परिपुष्ट छ अंग जस्को

फोरौं गुरू गिरि गरेर हूँकार जस्तो !

सशक्त शक्ति भरी वैंस सुवासल्याई

गाई नयाँ लहरमा रहरै बढाई !

वैशालु वीर रण–शूर छ युध्द भित्र

संधर्ष चल्छ कटु शासन–शीत साथ

कल्पिन्छ प्यार वरको,परको, दिलैको

जितिन्छ जुध्द अनि फुल्दछ प्रीत नौलो !

मन्का अमूर्त अनि मूर्त स्वरूपलाई

ल्याई खुला दिवसमा वहुतै रमाई

यसै बिसाउ‘ मधु बैंस—बिचैन लाई–

भन्दा बिसिन्छ कसरी ? बरू चैन खाई

पिरेर गर्छ दिल चित्त भरी रजाईं !

बेचैनिले छटपटी नव मार्ग तर्फ

यात्रा चलाइ चित यो नव देश पुग्छ

निस्किन्छ भित्र उरबाट सचेत–चेत

झस्किन्छ सिर्जन–सखा तपसी सचेत !

ल्याएछ प्यार मृदु वैंस मिठास साथ

पाएछ नीत नव उज्वल लोक एक

नौलो निकुञ्ज मन औ बन–वाटिकामा

फुल्यो सफा नव–वसन्त्त, खुले विहान !

सन्देश भित्री दिल बाट सँधै कहन्छ

—“नयाँ पिंडी सहजमा नव सत्य बन्छ’’

आवाज सुन्दा दुर दष्टि दिन्छु !

आवाज खोज्दै मन भित्र पस्छु !

कहाँ कता दीप र रंग देख्छु !

वसन्त खुल्ने छ भनेर वस्छु

प्रकृति औ संस्कृति वीच हाम्रो

यो चेतनाको मूलधार राम्रो

वाह्यान्तरै क्षेत्र समेटी चल्छ

र मार्गोन्मुखी जनचाल हुन्छ

यात्रा निरन्तर यहॉ चलिनै रहन्छन्

नयॉ नयॉ आर्तव राग हाल्छन्

रहस्य नाना खुलि नै रहन्छन् ,

मनुष्यको जीवनको कथामा

नयॉ नय‘ा सत्य र अर्थ खुल्छन् !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।