तिमीलाई साथी चुनें हुँ कसोरी ?
तिमीसाथ सपना बुनें हुँ कसोरी ?
पढेको बुझेको तिमी ज्ञानगंगा
भनी भित्र मन्मन् गुनें हुँ कसोरी ?
त्यसै छोडी जाँदा दुख्यो चित्त मेरो
डिलैभित्र आँसु थुनें हुँ कसोरी ?
ति बैरीहरूका अहोरात्र ताना
मुटुमै पचाई सुनें हुँ कसोरी ?
सबै सृष्टि थाम्ने म हुँ त्यो धरित्री
सम्हालेर यो मन् तुनें हुँ कसोरी ?
त्यसै छोडी जाने तिमी हौ निठूरी
अहो ! प्रेममाला उनें हुँ कसोरी ?
सफा पारी त्यो मन् तिमी फर्कि आयौ
यता फेरि यो मन् धुने हुँ कसोरी ?