17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भगवान तिमी काहाँ छौ

कविता निलकमल छेत्री December 16, 2018, 4:17 am
निलकमल छेत्री
निलकमल छेत्री

तिम्रै सामु फुल्न लागेको एउटी कोपिलाको हत्या हुन्छ

तिमी तमासा हेरिरहनछौ भगवान

ढुंगाले बनाएको मुर्ति साँचै ढुंगा झै मोन बसदो रहेछौ भगवान तिमी।

सत्यको जित हुन्छ भन्दै कैयौं चोटि हाथमा फूल र दियो बालेर तिम्रै चरणमा आउथी ती सानी कोपिला

तिम्रो चरण उसले सधैं उज्यालो पारी,

जब उसको पालो आयो कसैले उसको अशमिता लुट्यो तिम्रै सामु उसको हत्या हुन्छ तिमी तमासा हेरिरहृयो भगवान।

तिम्रा हरेक रातहरू ती कोपीलाले ज्योतिको किरण जलाएर उज्यालो बनाई दी

अज उसको जिन्दगीमा

दिउँसै कसैले अंध्यारो बनाई दियो तिमी तमासा हेरिरहृयो भगवान ।।

हजारौं पल्ट ती कोपिलाका हाथका औलाहरू धुपका काँटीले पोलेका थिए

भगवान तिमीलाई नै पुजा गर्दा

आज उसका ती कलिला औँला र उसका अंग सगं तिम्रै सामु कसैले खेल बाड गर्दा तिमी तमासा हेरिरहृयो भगवान ।।

धेरैले उसलाई भगवान हुँदैन भने तर उसले पटक मानिन निरन्तर तिम्रै पुजा गरी रही

आज तिमीले प्रमाण देखायो भगवान

।।

जुन कोपिलाले शिर बस्त्रले ढाकी तिम्रो निम्ति पुजा गर्न आउथी

आज तिम्रै सामु उसको अंगबाट बस्त्र उतारेर उसको भित्र भएको पबित्रता खोसेर लगिदियो तिमी तमासा हेरिरहृयो भगवान ।

तिमिले तिमी हुनुको प्रमाण केहि देखाउनु पर्देन

नत्र फेरि अर्को कोपिलालाई तिमी हुनुको भ्रम मात्र हुनेछ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।