19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आँखाहरू अनि मन

कविता डा. संगीता स्वेच्छा December 15, 2018, 8:34 pm

अनिंदो रात बोकेको आँखा

अनि,

पर्खाइमा थकित मन

तर्क र वितर्क बीच

भलाकुसारी गर्छन् ।

सहमतिको बिन्दुमा पुग्न

सकेनन् सायद ।

असमञ्जसमा छन्

सम्झौताको मझधारमा

अल्झिएका छन् ।

लामो सुस्केरा सहित

चीर निन्द्रामा जाने रहरमा

यि दुबैलार्इ

उठ्ने जाँगर लाग्दैन ।

किनकि, रहरहरू आशा बन्छन्

आशाहरू सुनौलो सपना

अनि, सपनाहरू त

केवल सपना नै हुन् ।

बिउँझेपछि

मात्र पीडाहरूको

भग्नावशेष बन्छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।