17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मुक्ति गाैतम January 30, 2019, 10:56 am

तारासँगै आकासमा आमा देखें

भोकका हरेक गासमा आमा देखें ।

अब छैनन् तेरी आमा भन्थे अरुहरु

यतै चल्ने बतासमा आमा देखें ।

लखेटिरह्यो डरले बाटोभरि पुरै

त्यो भयंकर शन्त्रासमा आमा देखें ।

अँध्यारो थियो निष्पट अन्धकार

उँज्यालो हेर्ने आसमा आमा देखें ।

बाँचेको छु म उनकै मायामा

जीवन चल्ने श्वासमा आमा देखें ।

क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।