19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रामशरण गैरे April 11, 2019, 1:56 am

अतितका दिनहरू ,सम्झिएर रोएँ

लुकाउन खोजे आँशु, नसकेर रोएँ !

टाढाँ थियौ तिमी, म भन्दा धेरै पर

मुटु पोल्यो वियोगले ,भक्कानेर रोएँ !

सजाएछु भन्थ्यौ ,तस्बिर आँखाभित्र,

अर्कैथियो ति नजरमा, नियालेर रोएँ !

दुनियाको नजरले , पोलेको नै थियो

बिछोडको पिडाँ आज ,नसहेर रोएँ !

सँगै सजाएको सपनाको, संसार त्यो

आफ्नै संसारमा आज, नअटेर रोएँ !

भरोषा र विश्वास त्यो टुटदा आखिर

सहीरहे एक्लै सिमा ,ननाघेर रोएँ !

भरतपुर-१९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।