अतितका दिनहरू ,सम्झिएर रोएँ
लुकाउन खोजे आँशु, नसकेर रोएँ !
टाढाँ थियौ तिमी, म भन्दा धेरै पर
मुटु पोल्यो वियोगले ,भक्कानेर रोएँ !
सजाएछु भन्थ्यौ ,तस्बिर आँखाभित्र,
अर्कैथियो ति नजरमा, नियालेर रोएँ !
दुनियाको नजरले , पोलेको नै थियो
बिछोडको पिडाँ आज ,नसहेर रोएँ !
सँगै सजाएको सपनाको, संसार त्यो
आफ्नै संसारमा आज, नअटेर रोएँ !
भरोषा र विश्वास त्यो टुटदा आखिर
सहीरहे एक्लै सिमा ,ननाघेर रोएँ !
भरतपुर-१९