तिमी मेरो मन भित्र सजिएर बस
नानी भित्र कैद गर्छु आँखा भित्र पस
बन्द गर्छु अनि मरा परेलीको गेट
खोजी हिंड्नु पर्ने छैन गर्नलाई भेट
अनि मलाई पर्खाएर तड्पाउने छैनौ
फूलवारीको भँमरा झैं भुल्ने कतै छैनौ
तिमी मेरो मन भित्र सजिएर बस
नानी भित्र कैद गर्छु आँखा भित्र पस
बन्द गर्छु अनि मरा परेलीको गेट
खोजी हिंड्नु पर्ने छैन गर्नलाई भेट
प्रेम रसको पोखरीमा नुहाउली तिमी
समुन्द्रमा तैरिएको जुन जस्तै बनी
तिमी मेरो मन भित्र सजिएर बस
नानी भित्र कैद गर्छु आँखा भित्र पस
बन्द गर्छु अनि मरा परेलीको गेट
खोजी हिंड्नु पर्ने छैन गर्नलाई भेट
हृदयको तीमी देउता म पूजारी बनी
सँगै सँगै बाँचौ हामी अजम्वरी बनी
तिमी मेरो मन भित्र सजिएर बस
नानी भित्र कैद गर्छु आँखा भित्र पस
बन्द गर्छु अनि मरा परेलीको गेट
खोजी हिंड्नु पर्ने छैन गर्नलाई भेट