आमाको गर्भमा, धर्तिमा अनि चितामा
यसरी सिद्धिन्छ जीवन एउटा सिमामा ।
मन फेरिनसक्छ, प्रेमिका फेरिन सक्छे
यादहरु सँधैलाई छोडिन्छन बिस्तरामा ।
वर्षौँ भयो, छोरो गाउँबाट हराएको पनि
विश्वास छ एकदिन भेटिनेछ सिमामा ।
ढुङ्गालाई पनि भगवान बनाईदिनसक्छ
बुझ्नुस यस्तो हुन्छ शक्ति यो पैसामा ।
राम्ररी पढ्नुस चाउरिएका अनुहारहरु
जिउँदा ईतिहास हुन यी हाम्रा बा-आमा।
नाम मात्र फरक हो काम त त्यही हो
तात्विक अन्तर छैन जुम्रा र लिखामा ।
रुँघा ७, रुकुम