न मेरो कहीं वास
न कहीं ठेगाना।
सजिलो, अप्ठ्यारो को
के कुरो
जबकि
हिंडनु नै जीवन हो!
मेरै स्पन्दनले सजीव छ
पहाड-पर्वत, खोला र नाला
टक् टक् टक् टक्
धडकीरहेछ समय
मेरै मुटूभित्र
लगाईरहेछ हिसाब
जीवनको खेल सकिंदै गएको !
यो यायावरी मा
लगाइयो होला
कहाँ कहाँ वास
लगाइए होला कति आस
सजाइए होला
सपनाका कयौं रंगमहल
बिलाए सब शीत सरी
जीवन
सँधैको शुकुम्बासी
न कहीं स्थायी निवास
न कहीं ठेगाना !