19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गुमेको मेरो मगज

कविता के.पी कञ्चन April 11, 2019, 2:49 am

म आज मेरै इच्छाको दासी भएको छु

ढुङ्गाको सिरानी र परालको गुन्द्रिमा सुत्दा,

ढाड बिझउँदा त्यही बिझाएको

ढाडको हड्डीको बेदनालाई

मसीले पन्नामा पोत्ने,म

आज पलङमा बसेर

हिन्दी सिरीयल हेर्न थालेपछि

कबिता बिर्सेछु,

कालापानीको इतिहास पढ्दा

र दशगजासगै उभिएको

जङ्गे पिलरको अस्मितामा

कालो दाग पोतिएर

वास्तबिक स्वरुप हराएको समाचार

खटियामा बसेर,रेडियो नेपालबाट

सन्दा,

रगतमा बगेको देशभक्तिको भावना

र बढेको धड्कनलाई

दुबो र सिमीको पातको झोलले

नेपाली कागजममा उर्ताने, म

आज,मोवायलमा

कुनै हेर्न हुने र कुनै हेर्न नहुने

विश्वका चित्र र समाचारलाई

महत्व दिएर हेर्नथालेपछी

मैले लेख्नै बिर्सेछ,ु

थाप्लोमा बोराको नाम्लो बोक्दा परेको

खाल्डोबाट,कन्सिरी र नाकको टुप्पो हुदै

मुखलाई अमिलो स्वाद दिदै

कम्मर हुदै,पैतालामा पुगेर

माटोमा मिल्दा

त्यो पसिनाको थोपालाई

पन्नामा सहजै उतार्ने, म

आज कुनै मान्छेकै जति र कुनै

त्यो भन्दा धेरै गोला खुट्टा भएको गाडी

चढ्नथालेपछी त

पत्तैे नभई भुडि बढेछ

र मलाई कबिता लेख्न अल्छी लाग्न थालेछ,

दाउरा चिरेका भरमा

च्याख्लाको गिलो भात गुन्द्रुकसँगखाँदा

पेलेको जिब्रोसँगै कबिता फुर्ने,म

आज बजारीया तन्दुरीमा

जिब्रो पड्काउन थालेपछी

कबिता बिर्सेछु

काठे पिरामा बसेर जुठेल्ना नजिकै

नेपाली देशप्रेमका गीत गाउदै नुहाउने्, म

आज वाथरुममा पसेर

हिन्दी र डिस्को गीतको तालमा

नुहाउन थालेपछी मैले

मेरो भेष बिर्सेछु,भाषा बिर्सेछु,

त्यो त के आपm्नो नाम फेरेछु,

ऋगाडी फिर्कार लाउनु पर्ने टोपी

पछाडी फर्काउन थालेछु,

मेरा फरीया,टोपी,दौरा बिर्सेर

खालीे म

तिघ्राामा फाटेको पश्चिमी पोशाक पो

सम्झन थालेछु,

मैले राम र लक्ष्मण बिर्सेछु

र सम्झेछु अमिताभ र शाहरुख

म्ौले त मेरो पहिचान गुमाएछु

के आधुनिक हुनुको अर्थ यहि हो त?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।