19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अज्ञानमा मान्छे र देश

कविता के.पी कञ्चन May 21, 2019, 2:25 am

के थाहा ?रातभरी सङ्ख वजाउदै हिँड्नुको पिडा

ती मध्यरातमा मस्त निदाउँनेहरुलाई

अनि विहान अलख जगाउँदै आएको

सन्यासीलाई हप्काउछ मान्छे

के थाहा ?जमिन नहुँनुको पिडा

ती सेरो फेरो सबै मेरो भन्नेहरुलाई

अनि सुकूम्बासीलाई शरणार्थीको ब्यवहार गर्छ देश

के थाहा तपतपी पसिना चुहाउनुको पिडा

ती घुम्ने कुर्सीमा बसेर टेबलमुनी हात पसार्नेलाई

अनि तप्तपी पसिना चुहाउने किसानको अबज्ञा र

तिनै कुर्सीवालको चाकडी गर्छ मान्छे

के थाहा ?संसारका फूलबाट चुसेर

रस ल्याउनुको मौरीको पिडा

ती भिर पाखा अनि धोद्रा चहार्ने सिकारीलाई

अनि धुँवा लगाएर मौरी मारेर मह खान्छ मान्छे

के थाहा ?सिमाना साँघुरीनुको पिडा

ती सिंहदरवारमा बसेर स्वर्णपत्रमा

जङ्गेपिलर गिन्ती गर्नेलाई

त्यो त बेलुका एउटा देशको नागरीक र

बिहान अर्कै देशको नागरीक हुने हामीहरुलाई थाहा छ,

त्यो त दिनहँु सिमास्तम्भसँगै पराईका बन्दुकबाट ढालीने

मृत नेपाली मुटुहरुलाई थाहा छ

त्यो त दिनहँु सिमापारीका छिमेकीबाट हेपिने

जिवीत नेपली मनहरुलाई थाहा छ

अनि देशभक्तिले उम्लिएका मुटुहरुलाई

जुर्मुराएका हातहरुलाई

जवानी बेच्न खाडीमा पठाउँछ देश

अनि बेमतलव भएर स्वार्थी हुन्छ मान्छे

के थाहा ?खान नपाएर औषधी नपाएर मर्नुको पिडा

ती पखालाका भरमा अमेरीका पुग्नेलाई

त्यो त काटेको घाउमा लाउने मलम नपाएर

छट्पटीरहेका डोल्पालीलाई थाहा छ

अनि लाचार भएर बोल्न बाध्य छ सरकार

के थाहा ?तातो घाममाा रक्तपसिना बगाउनुको पिडा

ती देशमा बसेर खोक्रो फुर्ति हाँक्नेहरुलाई

अनि रेमीट्यान्सको भरमा बाँडिन्छन् जनताका सपनाहरु

हुन त बा आमाको हाँसो पनि यसैमा अडिएको छ

एक गाँस आफूलाई अर्काे गाँस देशलाई

तर खोलामा थपिनुपर्ने पुल

तिम्रो घरको छतमा थपिन्छ

बाटोमा गरीनुपर्ने पिच

तिम्रो घरको भूँई तलामा गरिन्छ

तर जे जस्तो छौँ

हामी एक छौँ

हामी स्वावालम्बी छौ

त्यसो त हामीलाई के थाहा ?

मसानघाटमाा जिन्दगी चलाउनुको पिडा

त्यो त भूतसँग दिनहुँ परेठ खेल्ने

मुर्कुटाहरुलाई मात्र थाहा छ ।

बिराटनगर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।