19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जगतप्रसाद लम्साल May 21, 2019, 2:38 am

मुटुमा बस्न छ बस ! यहाँ बसाउने भएन

मेरा लागी दुई थोपा आसु खसाउने भएन

उ पारी हेर कति रमाइलो छ जिन्दगी

मरेपछि मेरा लागी कसैको आँखा रसाउने भएन

सबैले भन्ने छ यहाँ मरेर ठिकै भो

कसैलाई पनि म आत्मा बनी तर्साउने भएन

यति भएछि निर्दोष मेरो मुटु र आत्मा

दिनानुदिन तिम्रो सम्झनामा गलाउने भएन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।