म पागल कवि हुँ
त्यसैले त कहिले आँसशुका थोपाहरु लेख्न पुग्छु
कहिले खुशीका पलहरु लेख्न्न पुग्छु
साच्चै म पागल कवि हुँ !!
मदिरा न पिएपनि नशामा चुर्लुम्म डुब्न सक्छु
त्यसैले त आँखाहरु भित्रबाट आँशु नझरे पनि
कविताको सब्दमा म रुन सक्छु !!
म पागल कवि हुँ
त्यसैले त होला डडेलो लागेको जमिनमा पनि ह्र्याली देक्छु
उजाड मरौं भूमिमा पनि समुन्द्र देख्छु
मध्य कालो रातमा पनि ती ताराहरु चम्म्की रहेको देख्छु |
अरुले गरको गाली पनि कविताकै सब्द बनाउन मन लाग्छ
दुई नयाँबाट झरेका ती आँसुलाई पनि कविता कै लहरमा मोइलाउन् मन लाग्छ ||
(राङका, बलिमान, पूर्व सिक्किम, भारत)