18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मार्फा स्याउबारीमा

कविता देबेन्द्र बस्याल June 4, 2019, 10:18 am

साथी तिमL त मार्फा हिडेछौ

स्वादिष्ट स्याउ खानेभएछौ

अकस्मात यो कसरी ?

जाने भयौ मार्फा बजारमा

हिजै त हो नी

हामी संगै थियौं

खाना पिना संगै गरेथ्यौं

तर त्याहाँ कुनै बास्ना थिएन

न त त्यहाँ कुनै रंग थियो

हरेक विषयमा हाम्रो छलफल हुन्थ्यो

हरेक साना कुरामा शियर हुन्थ्यो

मैले तिम्रो कतै मन पो दुखाएँ कि

बोल्दा बोल्दै जिब्रो पो चिप्लाएँ कि

कसरी गऱ्यौ तिमिले

एक्लै मार्फा जाने निर्णय

मलाई पनि मार्फा जान मन थियो

तिमीसंगै स्याउका गेडी टिप्न मन थियो

सानो कुरा पनि

मकहाँ लिएर आउने तिमि

मसिनो मिठो पाउँदा

मलाई कहिलै नछुट्याउने तिमि

कसरी बदलिई आज

छाडी गयौं मार्फा मलाई तिमी

ठिक छ जाउ तिमी

म कहिलै रिषाउन्न

मलाई थाहा छ तिमी

कसैको फन्दामा परेको हुनुपर्छ

मार्फाको स्याउसंगै पोइल हिडेको हुनुपर्छ

साथी जाउ तिमी मार्फा बजारमा

छानेर स्याउ टिप्नु थुप्रै हजारमा

मार्फा मार्फा भनेर मात्र हुँदैन

स्याउबारीमा अँजिङगर पनि लुक्न सक्छ

सबै स्याउँ बसाउछन भन्ने छैन

कुनै गनाउँने पनि हुनसक्छन

थैलैभरी स्याउ ल्याउनु साथी

तर सडेगलेका होइन

मार्फा बजार घुमेर आउनु साथी

तर सडेका स्याउको गन्द बोकेर होइन ।

जापान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।