मेरो दिल दिमागमा केवल तिम्रो बास छ
जिन्दगीको अन्त्यसम्म केवल तिम्रो आस छ ।
तिमीलाई खुसी र सुखी राख्न सकुं
आजसम्म पनि त्यही निरन्तर प्रयास छ ।
अरु जो सुकैले जे सुकै भनुन
तिमी प्रति मेरो पूर्ण बिस्वास छ ।
तिम्रो मुस्कानले सबै थकान मेटाउँछ
तिमी छौ र त मेरो जीवन खास छ ।
हाम्रो जीवन सधैं परिक्षाबाट गुज्रन्छ
तिम्रो साथले जीवन शतप्रतिशत पास छ ।
डार्टफोर्ड, बेलायत ।