दिलको ढोका खोली राख्नु वास माग्न आँउला
भाग्ला भन्ने पिर परे ताला चावी लाउँला
तरेलीमा नुहाएर परेलीमा रम्छु
कोमल तिम्रो नानी भित्र सँधै म रमाउँछु ।
दिलको ढोका खोली राख्नु वास माग्न आँउला
भाग्ला भन्ने पिर परे ताला चावी लाउँला
अधरको बगैंचामा रस लिन पाए
सुम्सुम्याउँदै केस राशी मनमा पस्न पाए
दिलको ढोका खोली राख्नु वास माग्न आँउला
भाग्ला भन्ने पिर परे ताला चावी लाउँला
तिमी भित्र म बस्ने छु म मा हुन्छ्यौ तिमी
अमर बन्छ हाम्रो प्रित अमर युगौ हामी
दिलको ढोका खोली राख्नु वास माग्न आँउला
भाग्ला भन्ने पिर परे ताला चावी लाउँला