14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

चोरी

लघुकथा सुधिर कुमार सुमन June 27, 2019, 3:38 pm

न प्रहरीले केही सुराक पत्तो लगायो।न त गाउँलेहरुले समाज जोडेर नै केही कुरो पत्तो लाग्यो। उ आजित भयो।आफ्नो घरबाट दिनदहाडै लठ्ठिपट्टि पारेर चोरी भएपछी उ दुखित थियो।

"लौ न प्रभु मेरो घरबाट गहना, गुरिया ,रुपियाँ पैसा सबै चोरी भयो।हजुरको कृपाले चोर पत्तो लाग्यो भने बरु म १०८ लड्डु चडाउँछु।" मुर्तिको अगाडि जुम्ली हात जोडेर आँखा चिम्म गरेको श्याम बर्बराउँदै थियो।

आँखा खोल्दै उसले आफ्नो शिर माथी झुन्डिरहने घण्टी बजाउन खोज्यो।हात माथी के उचालेको थियो तर अचम्म हिजो सम्म झुन्डिरहेको घन्टी आफ्नो स्थानमा थिएन।रातारात गायब भैसकेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।