18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमा म जेलमाछु

कविता देबेन्द्र बस्याल July 12, 2019, 3:55 pm

आमा म जेलमा छु

मेरो मुखमा चुक्कुल ठोकिएको छ

हामतमा हत्कडी लगाइएको छ

म अन्धकारमय कोठामा ढलेकोछु

म बोल्न खोज्छु तर सक्दिन

हात चलाउन खोज्छु, सक्दिन

सुदुर पूर्वको उषा हेर्न खोज्छ,ु सक्दिन

म मूडो जस्तै लडेको छु उठ्नै सक्दिन ।

आमा म दुष्टको फन्दामा होइन

भिषण लडाईको मैदानमा छैन

दन्कीरहेको आगोको बीचमा हैन

सधैं जस्तै म त्यहीं छु, तर बन्धक छु

जस्ले बोल्न र लेख्न सिकायो आमा

बैरीको बिरुद्ध लड्न सिकायो

फिलिङ्गोसंग खेल्न सिकायो

म आज उसैको जेलमा छु आमा

आँखाभरी टिलपिल आँसु लिएर हिंडेकोछु

गरिबको मुक्तिको सपना साँचेर

कालोलाई कालो र सेतोलाई सेतो भन्न

छातिभरी अधम्य साहास बोकेर हिंडेको छु

आमा म हार्ने छैन जितेर आउनेछु

सामन्तका जेलनेल फोडेर

दलालहरुको सत्यनाश गर्दै

एकाविहानै क्रान्तिको गीत गाउदै

काँधमा बन्दुक बोकेर, आउनेछु नाच्दै र बजाउँदै ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।