17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ज्वालामुखी

कविता देबेन्द्र बस्याल July 22, 2019, 3:01 am

हामी माउण्ट फुजी हौं

अटल रहिरहन्छौं

हामी लावा हौं

सधैं जलीरहन्छौं

फुजी एकदिन पुत्ताउने छ

धुँवाको मुस्लो आकासमा मडारीनेछ

लावा सर्वत्र फैलीने छ

लावासंगै झारपातहरु जलिरहनेछन

उनीहरुको रोधन र क्रनधन

छट्पटी र चित्कार

धुवासंगै बिलाउने छ

फुजी उनीहरुलाई हेरेर मुस्कुराउने छ

फुजी लावाको मुहान हो चड्न नखोज

त्यहाँ बरफ देखेर खेल्न नखोज

फुजी कुनै दिन पुत्ताउदै गर्जीन सक्छ

धुँवाको मुस्लोसंगै लावा ओकल्न सक्छ

जापान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।