19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रकाश सापकोटा July 21, 2019, 7:04 pm

ओठमा हल्का लाली नभैदिया भए...

तिमी हिस्सी काली नभैदिया भए ...

माया यति मिठो हुँदैनथ्यो होला

'काली' दिलवाली नभैदिया भए...

सुसेलेर मैले बोलाउँदाखेरि

घुर्की अनि गाली नभैदिया भए...

तिमीलाई कहाँ बसाउनु फेरी

दिलमा ठाउँ खाली नभैदिया भए...

गन्तव्यको बाटो अलग हुन सक्थ्यो

भेट यसपाली नभैदिया भए...

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।