19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रामशरण गैरे July 21, 2019, 7:16 pm

यो रात कहिल्यै , नढले हुन्थ्यो

सपनाको संसार , नजले हुन्थ्यो ।

रंगिन लाग्छ पल, तिमीमा हराउदा

लाग्छ हाम्रो , संकल्प नगले हुन्थ्यो ।

जुनी जुनीलाइ पुग्ने, यादहरू छन

हिड्ने बाटो उनले, नवदले हुन्थ्यो ।

पल पल जल्दै छु म यादमा उनको

यी खुसी अब ,दैवले नछले हुन्थ्यो ।

बाच्दै छु बाध्यतामा ,साचेर रहरहरू

विष समाजमा अव, नफले हुन्थ्यो ।

भरतपुर -१९, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।