19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भानुभक्तको स्मृतिमा

कविता राजेन्द्र प्रसाद प्रसाई July 21, 2019, 7:31 pm

भानु र सूर्य एउटै हुन्,

चम्किने जगतै भरी ।

नेपाली भाषाको ज्योती,

भानुले छरे बेसरी ।।

धेरैले नबुझ्ने सँस्कृत,

लेखिन्थ्यो शास्त्र शास्त्रमा ।

सँस्कृतको रामायण सार्दै,

नेपाली श्लोक श्लोकमा ।।

गुन्जिए नेपाली श्लोक,

नेपाली ओठ ओठमा ।

गाँऊ बेंसी र बन पाखा,

गाँइदै घर गोठमा ।।

सैयौँ जाति सैयौं भाषी,

नेपाली एक सुत्रमा ।

उनिए एकत्रित बन्दै,

साझा भाषा नेपालीमा ।।

सिर्जना सिर्जन्छन् स्रष्ट्रा,

पुस्ता पुस्ता छ यादमा ।

स्वदेशको सीमा नाघेर,

भानु पुगे प्रवासमा ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।