14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रा.डा.गंगाप्रसाद अधिकारी July 21, 2019, 2:53 pm
प्रा.डा.गंगाप्रसाद अधिकारी
प्रा.डा.गंगाप्रसाद अधिकारी

म तिम्रो नजरमा सधैं बस्न आएँ

म ता याहीँ बस्छु भनी बास आएँ

डिलैमा म रोकूँ कति आँसुलाई

उघारी तुवाँलो गरी आस आएँ

बुझी भाव प्यारा ति चञ्चल् नयन्को

म बिर्सी अतित् त्यो बनी लास आएँ

सफा स्निग्ध प्यारो धराधाम सम्झी

म ता द्वेषको लौ गरी नास आएँ

नराम्रो जति जे भयो लौ अतित्मा

सबै हुन्छ माफी भनी पास आएँ

छचल्केसरी छातिमा प्राणप्यारी !

म ता प्रेमगङ्गा लिई प्यास आएँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।