18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत मन्दिरा मधुश्री September 11, 2019, 9:34 am

ऊ आकासको जून म धर्तीको धुलो

उसको र मेरो छ सङ्गम अधुरो ।

सपना हो मीठो ऊ बिउँझदा मर्ने

सुगन्ध फूलको हो ओइलिँदा झर्ने

ऊ भ्रम हो मीठो अप्राप्य ऊ हो

सजाएँ ऊ संगै रहर सुनौलो ।

ऊ तिर्खा सधैंको नमेटिने प्यास

सुदुर छ साथै छ मीठो आभास

माया अनौठो भरोसा बिचित्रै

धड्कनमा उसैको संगीत मधुरो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।