17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सन्ताेष लुइटेल किंसुका September 26, 2019, 9:19 am
सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका

म त सारै साेझाे मान्छे नजानेकाे दायाँबायाँ

बाटाहरू प्रशस्तै छन् नठानेकाे दायाँबायाँ ।१।

मनाउन खाेज्नेहरू कति भेटेँ पाइलापाइला

तिमी भनी एकाेहाेरी नमानेकाे दायाँबायाँ ।२।

तिमी लाग्थ्याै सारै सज्जन दायाँबायाँ नजानेझैँ

त्यसैले त मैले पनि नतानेकाे दायाँबायाँ ।३।

भैँसी पाल्न के गाराे र ! चाख्लास् बाबै भन्छन् सबै

थाहा छैन कसाे हाेला नधानेकाे दायाँबायाँ ।

अझ पनि तिमी भन्दै दाेबाटामा कुरी बस्छु

तिमीसँगै 'सन्ताेष' बन्न नछानेकाे दायाँबायाँ ।५।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।