19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रिय अब नभेटौं

कविता भुवन उजाड October 15, 2019, 12:33 am

प्रिय ! माया सबथोक हो भन्यौ

अगाध स्नेहले सुसुप्त हुन्थ्यौ

मैले लुकाइराख्न खोज्दा

माया कसैले हर्दैन भन्थ्यौ

मैले नजरमात्रै मिलाउँदा

तिमी जीवन मिलाउँ भन्थ्यौ

हामी रुझ्थ्यौं

झरी बिना पनि

लाग्थ्यो

माया अनन्त रहिरहन्छ

दुःखको कुरा

माया हाम्रो चहनामा मात्र

नबाँच्दो रैछ

समयले दया नसाँच्दो रैछ

हाम्रो मायारुपी फूललाई

मालीहरु नै बिरंगी बनाउँदा रैछन्

त्यसैले त चनाखो हुुनुपर्थ्यो

तिमी अडिक हुन सकिनौं

कसैले हुरी चलाईदियो

प्रिय ! होशियार हुनुपर्थ्यो नि

तिमी पुतलीसरी उड्यौं

मेरो दिशानिर्देशबिना

कसैले कृतिम बगैचा देखाइदियो

कुन्नी किन तिमीले मन फे्र्यौं

परिणाम—

कसैले मौका फेर्यो

मायामा हारिन्न भन्ने तिमी

प्रेम बुढो हुँदैन भन्ने तिमी

दोष कसलाई दिउँ अब

अन्तत ः दुबैले हार्यौं

कसैले जित महशुस गरिरहेछन्

प्रिय ! माया कहिल्यै

मर्दैन भन्थ्यौ

तर मारिदो पनि रैछ

त्यसैले त

नयाँ परिभाषा जन्मेको छ

मन मिल्दा चमत्कार

नमिल्दा बलत्कार पनि

यो मायाको नयाँ परिभाषा

अध्ययन गर्दै गर्नु

नयाँ परिभाषाको

प्रिय ! समय बिग्रेको छ

त्यसैले

एकछिन चुप बसौं

मनौ बसौं

मुश्मनहरु छप्छपाई रहेछन्

हाम्रो ताजमहल भत्काउनलाई

खोजी गरौं

मायाको गजुर भत्काउनेको

आँधी चलाउनेको

मर्दै मारिदै गएको प्रेमको

समिक्षा गर्न नभुलौं

कल्पना गर्न नभुलौं

विगतको मनोरन्जन

सम्भाव्य दुर्घटनाको

प्रिय ! अब अन्तिम प्रश्न

प्रेम र सद्भाव हराएको

यो मरुभूमिमा

अब कहिल्यै

भेटौ वा नभेटौं ?

म त भन्छु—

प्रिय अब नभेटौं ।

तिम्रो र मेरो प्रतिष्ठा

दाउमा राखेर

जीवनभरको योगदान

मट्टीमा मिल्ले गरी

प्रिय ! अब कहिल्यै नभेटौं ।

ति.न.पा. ९, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।