18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की October 15, 2019, 8:38 am
राकेश कार्की
राकेश कार्की

भोलि भेट हुने आज लामो भयो

सखारै झुल्किने घाम कता गयो

खेल्दा खेल्दा मनमा कुरा

खेली नै रह्यो

झिलिमिली जूनताराले

छेलि नै रह्यो

निदाउने आँखामा तिम्रो तस्विर आयो

भोलि भेट हुने आज लामो भयो

तिमीलाई त्यस्तै उता

होला भएको

छातीभित्र बेग्लै गरि

मुटु चलेको

कैले सोधुँ खुलदुलीले यसै छोयो

भोलि भेट हुने आज लामो भयो

भोलि भेट हुने आज लामो भयो

सखारै झुल्किने घाम कता गयो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।