विरहमा रुने मन आँसुले धोएँ आज
कति मरे रहरहरु सम्झदै रोएँ आज
जहाँ टेक्न खोज्छु लाग्छ सबै भिरैभिर
कस्तो गाह्रो यात्रा तगारोछन चारैतिर
रित्याएर मन तिम्रो तस्विर छोएँ आज
कति मरे रहरहरु सम्झदै रोएँ आज
आफ्नै छाँया छुटे पनि जून रोजिरहेँ
कहाँ पाउन जून आफैलाई खोजिरहेँ
विगतलाई सबै त्याग्न बाध्य भएँ आज
कति मरे रहरहरु सम्झदै रोएँ आज ।
बिर्तामोड २
चारपाने झापा ।