14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गीत

गीत सुरेन उप्रेती October 14, 2019, 7:48 pm

जता सुकै नलडाउ आँखाहरु ठक्कर लाग्न सक्छ ।

काँडा माथि पर्यो भने चक्कर लाग्न सक्छ ।।

दूँनियाँ नक्कली भै सकेको छ कृतिम फूलमा अत्तर छरेको हुन्छ

साँच्चिकै सुनगाभा त टाकुरामा हुन्छ कृतिमले बजार भरेको हुन्छ ।

जता सुकै नलडाउ आँखाहरु ठक्कर लाग्न सक्छ ।

काँडा माथि पर्यो भने चक्कर लाग्न सक्छ ।।

शुन्दर सपना बेच्नेहरु श्वर नसुकुन्जेल बर्वराइ रहन्छन्

तारा झार्छन जून समात्छन् इन्द्रेणीको माला गाँस्छन्

जता सुकै नलडाउ आँखाहरु ठक्कर लाग्न सक्छ ।

काँडा माथि पर्यो भने चक्कर लाग्न सक्छ ।।

सपना सबै तुहाएर झर्दा कती गाह्रो हुन्छ

माफ गरी देउ भन्दा सकिन्छ बाँच्न कती गाह्रो हुन्छ ।

जता सुकै नलडाउ आँखाहरु ठक्कर लाग्न सक्छ ।

काँडा माथि पर्यो भने चक्कर लाग्न सक्छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।