18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राज थापा November 9, 2019, 6:22 am

तिमीलाई लालिगुँरास फूल सोच्थे मैले

निलकमल भई फूल्यौ कुन शहरमा अहिले !

देसको सिमा नाघे पछी मनको भेष फेर्यौ

घुम्ति घुम्ति मायाँ फेर्दै अतीस्वार्थि बन्यौ !

चोखो मायाँ फुल भन्थेउ कुल्चि गयौ आज

फोहोरी तिम्रो चालले सबलाई भयो लाज !

एक दिन त धोका दिन्छ स्वार्थ लुकेपछी

मागेर कस्ले दिन्छ आफ्नो ईज्जत गएपछी !

तिमीलाई लालिगुँरास फूल सोच्थे मैले

निलकमल भई फूल्यौ परदेशमा अहिले !

आयरल्याण्ड !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।