आज भोलि कहाँ पाइन्छ र हाम्रा ती सामग्रीहरू
शिर्मा ढाका टोपी,
शरिरमा दौरा सुरुवाल,
कम्मरमा पटुका
पटुका भित्र खुकुरी देख्न् कहाँ पाइन्छ र ।
सीर्मा शिरबन्दी, नीधारमा बिन्दी
आखाँमा गाजल, कामना झुम्का
नाकमा फूलि, गलामा तिलहरी
शरिरमा चौबन्दी चोलो, पाऊमा पाउजु
देख्न् कहाँ पाइन्छ र।
पटुका भित्रबाट
हाम्रो पुर्खाले खुकुरी निकालेर चोया काडेको जस्तै आज देख्न् कहाँ पाइन्छ र ।
चिलाउने, कटटूस, उत्तिस आदि रुखबाट बनाएको
हलो, जुवा, ओखलि, मुसलि, ठेकी, मदानि, भर्याङ काँटा, कोदालो, कचिया, हँसियाका बिँड, आदि सामाग्रीहरु कहाँ देख्न् पाइन्छ र ।
परालले बुनेको पिरा, मकैको खोसेलाले बुनेको पिरा
परालको गुन्द्री आदि सामाग्रीहरु कहाँ देख्न् पाइन्छ र ।
भान्सा कोठाको दाउराको भारमाथि सुकाएतको बाँसको
चोयाले बाँधेको त्यो पुर्खौली घर कहाँ देख्न् पाइन्छ र ।
आराले काटेको काठ, बन्चरोले तासि तिसि मिलाइएको
धुरी,सिरुले छाएको टाँढे घर कहाँ देख्न् पाइन्छ र ।
गैरीबाँसे गाऊँबाट काटि लयाएको
चोया बाँसको इक्राले बारेको भित्तामा कमेरो माटोले पोतेको देख्न् कहाँ पाइन्छ र ।
कोठे रङ्गको दौरा सुरुवाल लगाएर काँईंला काकाले
डोको, थुनचे, मानरो, ढिकी,चित्रा आदि बुने जस्तै आज कहाँ देख्न् पाइन्छ र ।
कान्छी बुइनीले चिटिकै लिपेको घरको भित्तामा
सांन्ति आमाले
काक्रा, फर्सी, कुबिनडो, लौका, टमाटर, डल्ले खोर्सानी इत्यादिका दानाहरु पछि बियु हुन्छ भन्दै झटारो हानि भातामा टाँसेको देख्न् कहाँ पाइन्छ र ।
घरको देब्रेपट्टि बरन्डामा आमोई एकलै फत फताउदै
यो मुरली मकै, यो पँहेली मकै,यो सरकारी मकै भन्दै
मकैका झुत्ता बनाएर झुन्डियाएको देख्न् कहाँ पाइन्छ र।
कसेको पटुकाबाट बाबाले निक्लेको कर्दाले काढेको
चोयाले बुनेको भकारी भरि धान, मकै, कोदो, गहुँ इतयदि देख्न् कहाँ पाइन्छ र ।
पल्लो घरको गाई गवालिको ठिक माथिपटिको
रुख लडेको बेला
बाबाले बनाऊनु भएको त्यस मुडाको ठेकीको चीसो दहि खान् कहाँ पाइन्छ र ।
पुष,मागको त्यो जाडोमा हर्लयाङगमा भुटेको मकै, भटमास गुन्द्रुको अचारसङ्ग कुटुक्क खाएको कहाँ देख्न् पाइन्छ र ।
आफ्नै खेतमा उमारेको धानको चामलसङ्ग
ठेकीमा मदानिले सँयही-सँयही पारेको नुहाऊनि घिऊ,
कोठेबारीमा फलेको टमाटर, धनिया सिलौटोमा पिसेको आचारसङ्ग जिब्रो पडकाई पडकाई स्वदले खाएको कहाँ देख्न् पाइन्छ र ।