देश बाँचिरहेको छ ।
यो अनिश्चतताको भुमरीमा,
हो ! देश भुमरीमा बाँचिरहँदा
देश हारेर बाँचिरहँदा,
म कसरी निदाउन सक्छु ?
सिमानामा छिमेकीले दिनका दिन पिलर लड़ाउँदै छ ।
सैनिक र प्रहरीहरु यसवेला ब्यारेकमा थुनिएका छन् ।
ती ब्यारेकबाट किन निस्कने आदेश पाइरहेका छैनन् ?
पत्रकारहरु आफुलाई झिना मसिना कुरामा अल्मलाएका छन् ।
सुचनाको खडेरी देशभरि परेको छ ।
देशभरि सिमाना जोडिएका जिल्ला जिल्लाहरुमा
नागरिकता यसवेला आलुभन्दा सस्तो भाउमा बिक्री भइरहेको छ ।
देशमा कालो बादल मडारिरहँदा
सुतेको बहानाबाजी गरिरहेका छन् ।
सरकारको लालीपप र छिमेकीको रासन पानीमा आफुलाई सुपुर्दगी गरिरहेका छन् ।
देश हारिरहँदा
आफुलाई आत्मतृप्तिमा हुर्काइरहेका छन् ।
देशद्रोही सरकारको जयगान गाइरहेका छन् ।
म आफैं पत्रकार भएकोमा आफ्नै मुखभरि थुक्न मन लागेको छ
मेरो देश हारिरहँदा
म बाँच्नुको कुनै अर्थ छैन ।
हो ! म भन्छुु म बाच्नुको कुनै अर्थ छैन ।
म घृणा गर्छु प्रधानमन्त्रीलाई
म घृणा गर्छु आजको अवास्थित सरकारलाई
म घृणा गर्छु ती गृहमन्त्रीलाई
जो नेपाली जनताको अनुमोदन भएर आएकै होइनन्
म घृर्णा गर्छु ती न्यायाधीशहरुलाई जो देशको बिरुद्ध फैसला गर्छन् ।
म घृणा गर्छु ती सांसदहरुलाई
देश लुटिरहँदा तिम्रो मौन स्वीकृतिलाई
म घृणा गर्छु आजको कमुनिस्ट पार्टीको कार्यशैलीलाई
म घृणा गर्छु नेपाली काँग्रेसलाई
देश हारिरहँदा उसको बुझी नसक्नुको मौनतालाई
मैले सुनेको छु नेपाली काँंग्रेसको निर्माणमा लैनचौरेको मलजलले हुर्काएको हुन्छ ।
म घृणा गर्छु ती कार्यकर्ताहरुलाई
ती जुनसुकै पार्टीका कार्यकर्ता नै किन नहुन्
देश व्यथामा थालिदा पनि मौनता पालिरहेका हुन्छन् ।
हाम्रो पुर्खाले आर्जेको थात थलो
हामी आफै प्वाल पारिरहेका छौं ।
नागरिकताको नाममा हामी आफ्नो देशलाई
इजराइल बनाइरहेका छांै ।
सिक्किम बनाइरहेका छौं ।
फिजीमा रुपान्तरित गरिरहेका छौं ।
विश्व रंगमञ्चमा हामी पनि कुनै बेला शक्तिशाली थियौं ।
हामी पनि बैभवशाली थियौं
शक्तिशाली चीनलाई झुकाएका थियौं ।
पञ्चायती शासनको चकाचौधमा
देश सुरक्षित त थियो
कलकारखानाले भरिभराउ त थियो
हाम्रा लालावाला सुरक्षित थिए ।
हामी लाखौंको तादतामा बिदेशिएका त थिएनौं नि
यसवेला दिनका दिन सयकडौंको तादतमा लाशमा रुपान्तरित भएर
रातो वाकसमा फर्किएका त थिएनौं नि
मार्क्स्वाद प्रतिको मेरो अटलता
मेरो मरणपछि पनि रहनेछ ।
भारतीय नागरिक हुलका हुल बाँधेर नागरिकता थापिरहेका छन् ।
कम्युनिस्ट सरकारको खोल ओढेर
नागरिकता बिक्री गरिरहेको छ ।
देश खाली गरिरहेको छ ।
कता गयो कम्युनिस्ट इमान्दारिता ?
कम्युनिस्ट सरकारको खोल ओढेर
तिमीले गरेको जालझेलको पोल खुलेको छ ।
कमुनिस्टको खोल ओढेको सरकार !
म तिमीलाई मनदेखि नै घृणा गर्छु ।
मेरो पुर्खाको यो बिरासत
यो माटो यो हावामा मेरो पुर्खाको रगतले सिँचेको छ ।
चन्द्र सूूर्य अंकित झन्डामा आफु बेरिएर
पार्टी पार्टीमा झुण्डिएका नेपालीहरुलाई
देशभक्ति स्मरण गराउन
पार्टीभन्दा माथि हुन्छ देश भक्ति
म पटक पटक भन्छु पार्टी भन्दा माथि हुन्छ देश
यसैले फेरि एक पटक भन्छु
चन्द्र सूूर्य अंकित झन्डामा आफु बेरिएर
म आत्मदाह गर्दै छु ।
मेरो आत्मदाहाले तिम्रो देश भक्तिलाई बल्झाउने छ ।
तिमीमा देशभक्ति भर्न
हो ! म आत्मदाह गर्दै छु