अरे वा ! क्या स्मार्ट सपना देखायौ
के कारणले मायामा तिमी भोकायौ
कलेज अनि स्कुलमा संगै थियौँ हामी
मायाका कुरा भनि कहाँका नयाँ लिपि घोकायौ
खोजेका सबै तिम्रा इच्छा पुरा गराउन
किताबका अमुल्य ज्ञानलाई एक एक मुल्य तोकायौ
भन्थ्यौ नि है दुःख अनि सुख एउटै भनी
कहाँबाट कसको टेन्सन तिमीले मलाई बोकायौ
दुल्लु–१२, लम्सु, दैलेख हाल वीरेन्द्रनगर सुर्खेत