मिलनकाे क्षण अचेल कल्पनामा गाल्न थालेँ
हाेसमा सम्झी निर्माेहीलाई दिलमा आगाे बाल्न थालेँ ।१।
आशा सबै मरी सके विस्वास कत्ति लाग्दैन खै
विश्वास जगाई कता कता आश पाल्न थालेँ ।२।
जसै तिम्लाई अन्तै देख्छु, अर्कैसँग रमाएकाे
दृष्टिभ्रम सम्झी सबै नजरबाट फाल्न थालेँ ।३।
रहरहरू पिल्सिएछन् विवशताले मिही बनी
छन् कि कतै सग्ला भनी मनमनै चाल्न थालेँ ।४।
फाटेकाे याे मनलाई जसरी नि टाल्नै पर्ने
जाेडिँदैन सिउँ पनि, सम्झनैले टाल्न थालेँ ।५।