18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत अलका मल्ल December 9, 2019, 4:55 pm
अलका मल्ल
अलका मल्ल

मैले तिमीलाई देखेको थिएं

सपनीमा मात्र तड्पिदिन्थें

तिमीले त थाहै नदिई

मलाई जीवनमा चाहेछौ

लाएको थिइन प्रित मैले

अन्जानैमा बसिदिएछ

थाहै थिएन तिमीले

मेरो दिल चोरे छौ भनेर

लाएको थिइन प्रित मैले

अन्जानैमा बसिदिएछ

लाएको थिइन प्रित मैले

अन्जानैमा बसिदिएछ

दोसांधको यो जीवनमा

तिमीलाई कसरी अंगालुं

रुझि रहन्छ मन संधै

फूल कसरी फुलाउँ

लाएको थिइन प्रित मैले

अन्जानैमा बसिदिएछ

काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।