17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भुपेन्द्र महत August 10, 2008, 1:49 pm

मुटु खेल्ने जुवाडे रछौ मनै हारी दियौ
सँगै हिंडे जस्तो गरी एक्लै पारी दियौ
हृदयमा लहरियौ,भरोसा पलायो
फुल भन्दै छाती भरी काँडा सारी दियौ
सुगन्धको आगमन भनी सुङ्गथ्यौ
फक्रिनै नपाई कोपिलामै झारी दियौ
मायाको पारीधिमा नै अटाउन खोजे
मनको सिमामा किन बार बारी दियौ
आज भन्दा भोली गन्दा जिबन गल्यो
झूठो बोली घोली घोली किन टारी दियौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।