गोरू नार्दै गर्दा बाबाले
देखे एक जोर बुट
र
धुँवा पुत्ताई रहेको बन्दुक
सुदुर पुर्वमा
सुर्यले लाली लगाउदै गर्दा
बाबाले देखेका एक जोर बुट
र
धुँवा पुत्ताई रहेको बन्दुक
कर्कश आवाज गर्दै थिए।
सजग भएका कर्णहरू
नियाल्न खोज्दै थिए
कर्कश आवज
तर
पुत्ताईरहेको बन्दुकले
अत्यास लाग्दो भबिष्यको चित्कार गरेर गयो
पुत्ताईरहेको बन्दुक
र
एक जोर बुटले
बुझ्न मानेन निरीह,निर्दोष
बाबाको मलिन भाषा
अत्यास लाग्दो भबिष्यको चित्कार पछी
बाबाले सम्झीए
झर्नाको झंकार
कोकीलको सुन्दर सुर
वनको सुरम्य सुन्दरता
र
सम्झीरहे सुन्दर अतित
जिवनमा पहिलो पल्ट
मानव र दानव
दुरूस्तै लागे बाबालाई
गोरू नार्दै गरेका बाबा
जुनको ज्योती पछ्याउदै
बोझिलो मन लिएर लागे
सुनौलो भबिष्यको
अनिश्चीत गन्तब्यको खोजमा
ओरालै-ओरालो।।
पेन्सलभेनियाँ, अमेरिका