18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म तिमीलाई घृणा गर्छु

कविता ॠतु आसीक December 19, 2019, 7:56 am
ॠतु आसीक
ॠतु आसीक

हाम्रो सौन्दर्यता,

हाम्रो वैभवता

हाम्रो सादगी

हाम्रो संस्कारिता

तिम्रो सही नसक्नुको आरिसता

झन्–झन् बढ्दै गयो

तिम्रो कोखामुनीको कुरता झन्–झन् बढ्दै गयो ।

तिम्रो आव्रmमण झन्–झन् बढिरह्यो ।

तर तिम्रो घृणित मनसाय माथि

हामीले फूल बर्साइ रह्यौ

तिम्रा हरकत प्रति आँखा चिम्लेर

हाम्रो संस्कारको सदासयताले

तिमीलाई उत्प्रेरित गरिरह्यौ

हामीले जहिले पनि तिमीलाई

हाम्रो संस्कारको सदासयताले

तिमीलाई उत्प्रेरित गरिरह्यौ

हामीले आतिथ्यता पस्किरह्यौ ।

हामीले कहिले सोचेनौ

गोमन सर्पसंगको मित्रतामा

विश्वास रोपेका थियौं ।

हामीले तिम्रा व्यवहार बुझ्यौ

तिम्रा मित्रताको नाममा गरेका हरकत देखेका थियौं ।

यसबेला म बोल्न बाधय भएको छु ।

तिम्रा मित्रतामा घृणित गन्धहरु मिसिएका छन् ।

तिम्रो साम्राज्यवादी संस्कार मुर्दावाद

जन्मदै तिमीले लिएको संस्कार मुर्दावाद

इतिहासको कालखण्डमा

हामीले बुद्धत्व उठायौं ।

कतै सीताको संस्कारद्वारा अभिषेक ग¥यौ

छिमेकीको कर्तव्यतामा

हामीले निपुणता देखाएका थियौ ।

तिम्रो सम्बर्धन, तिम्रो सुरक्षामा

हामीले समर्पणमा कन्जुस्याइ गरेनौ

वर्षौ वर्षौसम्म

तिम्रा मनका कुना कन्दरामा

सदासयता कतै भेटिएन ।

जतिबेला वेमौसमको सर्पगति

तिम्रो कठोरता वर्षाइ रहेका थियौ ।

हामी चुपचाप सहि रह्यौ ।

हो ती कठोरता

हामीले झेली रहेका थियौ ।

मानवताको क्लेश पनि,

तिमीमा कहिले उम्रिएन ?

तिमीमा गोमनसर्पका अवशेषहरु

ती टोकाइका घाउहरु

झन्–झन् बढ्दै गइ रहेको छ ।

कतै पीप भएर बगिरहेको छ ।

तिम्रो मित्रताको उपहारले

यो मुलुक झन्–झन् घाइते भएर लडिरहेको छ ।

तिम्रो टोकाइबाट

यो मुलुक थला परेर लडिरहेको छ ।

तिम्रो टोकाइबाट

यो मुलुक थला परेर पल्टिरहेको छ ।

हामीले जहिले पनि तिम्रो सुरक्षामा

हाम्रा सन्तानले ढाकेका छौ ।

इमान्दारीता र समर्पणको संस्कार दिएका छौ ।

त्यसैले तिमीलाई मस्त निदाउन सक्छौ ।

हामीले पटक–पटक आफूलाई

आत्मनिर्भर बनाउन खोजेका हौ ।

ती प्रत्येक पल हामीलाई चोट दिएका छौ ।

तिम्रो घृणित मनसायको जाग्दो नमूना,

जसले देशको आकार लिएको छ ।

तिम्रै पूर्व पट्टीको छिमेकीलाई सोध

नागरिकता प्रकरण

संसदबाट फिर्ता भएको कारण

कसरी हामीले वीरेन्द्रको वंश गुमाएका छौ ।

के दोष थियो वीरेन्द्र वंश को ?

राष्ट्रलाई माया गर्नु

देशवासीप्रति जिम्मेवार हुन के यो दोष हो ?

तिमी कति छिमेकीद्रोही छौ

हामीलाई थाहा छ

माक्र्सवादका नेपाली संस्करण

मदन भण्डारी तिम्रै कारण गुमाएका छौ ।

हाम्रो ऐतिहासिक धरोहर

इतिहासको वैभवता

तिम्रो घृणित मनसायको प्रतिशोधमा

हामीले राजतन्त्र गुमाएका छौ ।

शान्तिक्षेत्रका प्रवर्तक बुद्ध गुमाएका छौ ।

मेरो मुलुक यसबेला

अस्त व्यस्त र असरल्ल परेको छ ।

तिमीले यति ठूलो भ्वाङ पारेका छौ

टाल्न सकिने स्थितिबाट बेकाबु छ ।

मेरो देश यसबेला

तिम्रो कुकर्मका कारण मरण र बाँच्ने दोसाधमा छ ।

सयकडौं घृणित विभीषण मार्फत

तिमीले खुवाएको विषले

देशभक्तहरुलई पोल्न थालेको छ ।

हो ! मेरो देश यसबेला मर्ने र बाँच्ने दोसाधमा थलिएको छ ।

मित्रताको यो तिम्रो घृणित खेलको

भण्डाफोर गर्दै भन्छु

तिम्रो भलो कहिले नहोस

यसैले म तिमीलाई अन्तस्करणबाट घृणा गर्छु ।

हो म तिमीलाई घृणा गर्छु ।

विराटनगर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।