फूल फुलायो कसैले
मन भुलायो कसैले
निष्पट अध्यारो ठान्थ्यौ
जगत खुलायोे कसैले
जोत्ने हली अर्कै हो
बाली झुलायो कसैले
यात्रा बोझिलो ठान्थ्यौ
मार्ग खुलायो कसैले
गन्तब्य अर्कैले भेट्यो
बलिदान डुबायो कसैले
‘भुवन’ शुन्य हँुदै हुँदैन
भनि पुल्पुल्यायो कसैले
तिलोत्तमा ९ रुपन्देही