18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राकेश कार्की January 12, 2020, 4:59 am
राकेश कार्की
राकेश कार्की

दु:ख्दा आँसुमा फुलिदिने

कमल हौ तिमी

भावना बनि बोलिदिने

गजल हौ तिमी

दु:ख्दा आँसुमा फुलिदिने

कमल हौ तिमी

पीर हर्ष दुबै नै रहेछ जीवन

जहिले भरोसा तिम्रो मुस्कान

मरूभूमिमा बगिदिने

तरल हौ तिमी

भावना बनि बोलिदिने

गजल हौ तिमी

दु:ख्दा आँसुमा फुलिदिने

कमल हौ तिमी

माया नै यस्तो हो लागिरहन्छ

जति खुसी तिम्रो मागिरहन्छ

मनको कुरा बुझिदिने

सरल हौ तिमी

भावना बनि बोलिदिने

गजल हौ तिमी

दु:ख्दा आँसुमा फुलिदिने

कमल हौ तिमी

भावना बनि बोलिदिने

गजल हौ तिमी

लस एन्जेलस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।