18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमला निरौला ढुंगाना February 6, 2020, 11:34 am

तिम्ले हेर्या आकासैको बाटो फर्की आउंछु प्रिय,

तिम्रै लागी यो आकृती सके सग्लै ल्याउँछु प्रिय ।

परायाको देश बिच पैसा टिप्न रैछ गार्यो,

फर्किहाल्ने छैन हिम्वत ऋणले पोल्छ मुटु सार्यो,

घोट्दै छु यी पखुरीलाई फिर्ला पक्कै भाग्य भनी,

पन्छी बनि उडी घर आउने त्यो दिन गनी गनी ।

तिम्ले देख्या सपना ति आतुर छु म पुरा गर्न,

कष्ठ टलपल नयन र ति अधरमा हासों भर्न ।

अत्तालिन्छ हृदय नै सुख् झुल्कने कै ले हो खै ?

टुक्र्या शरीर कि त बाकस बाट आउन नपरोस् है !

आधा पेटमै रमाउँदै तिम्रो शिरमै फूलीदिउँला

तिम्रो न्यान्यो स्पर्सले पिडा दु;ख भुलिदीऊँला ।

तिम्ले हेर्या आकासैको बाटो फर्की आउंछु प्रिय,

तिम्रै लागी यो आकृती सके सग्लै ल्याउँछु प्रिय ।

सल्लाह र सुझाव सहित जानकारीको आश लियकी छु ।

घट्टेकुलो,काठमाडौँ ।

( हाल अमेरिका )

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।