19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बर्तमान निरोहरु हो

कविता बिमल गिरी August 18, 2008, 1:17 am

ए नेता भनौदा निरोहरु हो !
आफ्नै मन मस्तिमा कैले सम्म क्रुरता प्रदर्शन गर्छौ ?
सजक हुने बेला भएन अबता ?
घृणित, बर्बरताको बिरोध कति गर्ने सोझा जनताहरुले ?
बर्तमान निरोहरु हो किन गरिरहेछौ लुछाचुडी
यो पवित्र धर्तिमा,
नेपाली छातीहरुलाई आँशुको भल बगाएर
किन ढुक्क हुन्छन यि पशुहरु ? कस्तो बिडम्बना ?
ए नालायक र निकम्मा नेताहरु हो !
इतिहासमा धब्बा नलगाउ
तिमीहरुको बरबर्ताले  होनहार सोझा जनताहरु
दिक्क भइसके
दास मनोबृति परिवर्तन गर।

नाजिबाद बचाउन हिट्लरले के गरे थाहा छ तिमीहरुलाई ?
चौचेस्कु निकोलस र क्यथ्रिनलाई झै
नेपाली जनताले एकदिन शिकार बनाउनेछन पर्खमात्र।
ए कठ्पुतलिहरु हो ? कैलेसम्म बोक्ने साउथ ब्लकको झन्डा ?
विश्‍वसामु परिचय धमिलो नपार,
राष्ट्रको निर्णायक जनता बन्नेछन
असत्यको बध गर्न ।
अब तिमीहरुको ह्विप चल्दैन
सुन्दर अध्यायमा अनुधित हुन
अक्षम्‍य गल्ती नगर।

ए पाखन्डीहरु हो !
दरिद्रताको प्लेग फैलाउने कोशीस नगर
फोस्रा भाषाण प्रयोग गरी बङगालीको माछेर झोल
मद्रासीको डोसा,गुज्रातीको ढोक्ला
र मलेसियालीको वान्टन सुप जस्ता
फोस्रा आश्वासन बाडी
बेइमान नेता महा बेइमान नबन।
तिमीहरुलाई अहंकारको एडस लागि सक्याछ
औठा छापहरु हो
हिरा र ढुङ्गा चिन्ने कोशीस गर
तिमीहरुको गोबरे दिमागमा चेतना भया ।
चारपाने, झापा, हाल: बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।