तिम्रो माया बिर्सिएर गएभने माया मारी
कहिले पनि नरुनु सिरानीमा आँशु झारी
मुटुभरि सलबलाउने जूनतारा तिमी मेरी
यो जुनी यसै गयो, भेट कैले होला फेरि
सुन्दर चित्र मनमा कोर्दै नभन गयौ हारी
कहिले पनि नरुनु सिरानीमा आँशु झारी
मनभरि साईनो जोडेर बाचा बन्धन तोडी
नभन्नु है पापी रहेछौ, गयौ मलाई छोडि
हेर्छौ होली मेरी फोटो टोलाउदै वारीपारी
कहिले पनि नरुनु सिरानीमा आँशु झारी ।
बिर्तामोड २ चारपाने ।