18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत डा. बच्चु कैलाश कैनी February 26, 2020, 5:22 am
डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी

जिन्दगीको दौडमा

कहिले हार कहिले जीत

आफ्नै मान्छे पराइ भए

अरु संग लाएँ मित ।

मन स्वार्थी भए पछि

बाटो अन्तै मोडियो रे

धनको पछि लागेर

माया अन्तै जोडियो रे ।

सोचें मैले अब मेरो

जीवन एक्लो भयो

अनायसै तिमी आयौ

मनमा खुसी छायो ।

बिगतको कुरा भुलें

नयाँ साथ रोजें

जे जे भोगें जिन्दगीमा

त्यहीं खुसी खोजें ।

जिन्दगीको दौडमा

कहिले हार कहिले जीत

आफ्नै मान्छे पराइ भए

अरु संग लाएँ मित ।

डार्टफोर्ड, बेलायत ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।