18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो देश मर्ने र बाँच्ने दोसाधमा उभिएको छ

कविता ॠतु आसीक March 25, 2020, 1:39 pm
ॠतु आसीक
ॠतु आसीक

कोशी,गण्डकीमा ठगिदै

महाकाली सन्धि माथिको रास्ट्रघात भएकै थियो

रास्ट्रघात माथि नुन चुक दलिदा

नाकावन्दीको ज्यादतिको बिरोधमा

देशै उचालिएको थियो ।

यसवेला देश लुटेराहरुलाई जिम्मा लगाएका रहेछौ ।

तीनै लुटेराहरुको भीड

कतै एनसेलमा,कतै वाइड बडीमा

कतै अखातियारामा

कतै प्रहरीमा

कतै अदालतमा

मुलुकका सबै पार्टी यसवेला लैनाचोरले चलाएको छ ।

सबै पार्टीका चप्पल घसिट्डै हिडनेहरु

माथिल्लो प्रधानमंत्री सम्म पड्काउन भ्याएकै छन् ।

अरु के कुरा गर्नु हुञ्छ?

सबै पार्टीका नेताहरु

करोडपति र अरबपतिमा रुपान्तरित भएका छन् ।

मुलुकमा भ्रस्टाचारको बाडले थामी नसक्नुको भएको छ ।

देश कंगाल भएको छ

भ्रस्ताचारीहरूको स्वर्गको भूमिमा परिणत भएको छ ।

मदन भण्डारीको हत्या पछि

होलीवाइनामा चास्नी मार्नेहरु

कमुनिस्ट पार्टीमा यसवेला बर्गेलती देखिएका छन ।

होली वाइन र लैन्चोरको मिलोमतोमा

बिखणडनकारी सम्मानित भएका छन् ।

लाज पचाएर सरकार झुट बोलिरहेको छ ।

यसवेला देशलाई थिलथिलो पारेर

चारैतिरबाट प्रहार हुदै छ ।

देशले कति दिन जुझछ?

हुडार र ब्वासोको आक्रमण बाट

साचै भनु

मेरो देश यसवेला मर्ने र बाचनेको दोसाधमा उभिएको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।