रोटी सानो पाक्छ कि ठूलो हेरिरहन्छ
छोरो भान्साको चुलो हेरिरहन्छ ।
मिस कल आइरहन्छ बेहुलीलाई
छेउमै बसेर बेहुलो हेरिरहन्छ ।
अर्कोतिरबाट निस्किसक्यो मुसो
बिरालो अगाडिबाट दुलो हेरिरहन्छ।
कता पुग्यो-पुग्यो गाडी थाहा छैन
बरा ट्राफिक धुवाँ धुलो हेरिरहन्छ।
टोलाईरहन्छ किसान खेतको डिलमा
घरि आकाश घरि कुलो हेरिरहन्छ ।
रुँघा - ७, रुकुम