जीन्दगी पनि खालि
गिलास झै रहेछ
खाली गिलासमा अनेकौं पटक्
पानी भरिएता पनि
आखिर त्यो गिलास फेरि खालिनै हुँदो रहेछ ।
एउटै गिलासले धेरै रूपहरू लिँदै जाँदो रहेछ
कहिले कालो चियाको रङ्गहरू सगं रमाउँदो रहेछ
कहिले सेतो दुधको चियाको रङ्गहरू सगं रमाउँदो रहेछ ।
त्यै गिलास
कहिले रक्सी खाने मान्छेको हाथमा नाँच्न् पुग्दो रहेछ
तयै गिलास
कहिले रिसको बेला झटारो पनि जाँदो रहेछ ।
दुई प्रेमीमा प्रेमको सुरुवात भए
त्यहि गिलास अनबालख शब्दहरु भै
ती दुई प्रेमीलाई निशब्द बनाउन्
दुई ओठको बिचमा गै चुपचाप तमाशा हेर्दो रहेछ ।
त्यसै गिलासमा रहैका
पानीले अनेकौं रुपहरु लिन्छन्
चिनी मिसाए मीठो स्वद लिन्छन्
नून मिसाए नुनिलो भाका फेर्छन् ।
त्यसै गिलासमा
मतपान पिउँदा अपबित्र गिलास हुँने
त्यसै गिलासमा दुध पिउँदा पबित्र हुँने।
विशवास पनि गिलास जस्तै रहेछ
गिलास टुटेपछि त्यसलाई समाल्न गारो हुँने
विशवास टुटेपछि नाता- गोता पनि छर्पषट हुँने
(राङका, बलिमान, पूर्व सिक्किम, भारत)