18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रदीप तुलाधर March 25, 2020, 1:46 pm

कति भाइरस फैलिएकाे बेला

काेराेना भाइरस थपिन गयाे

बेसंगतिले सताइरहेकाे बेला

जताततै भयावह हुन थाल्याे

अविरल वर्षा पछि घाम लाग्दा

क्षणिक सुखकाे अनुभूति हुन्छ

छात्तिमा नअटेकाे पाेख्न पाउँदा

खुसीकाे सिमाना नाघ्ने रहेछ

काेराेना भाइरस फैलिएकाे सुन्दा

विकराल स्थिति पैदा गरी दिन्छ

कृत्रिम अभावकाे सामना गर्दा

सिर्फ बिस्फाेट हुन बाँकि रहन्छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।